Wednesday, October 28

समाचार

आज बडादशैंको सातौं दिन फूलपाती

काठमाडौँ, असोज २४ बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ। दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। […]

पूरा पढ्नुहोस्

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौँ, असोज २३ आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष भने चौथी तिथि वृद्धि भएकाले कात्यायनी देवीको पूजा आराधना […]

पूरा पढ्नुहोस्

काठमाडौँ उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौँ, असोज २३ यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-भागको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागबाट मनसुन बाहिरिएको हो […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २३ कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ, असोज २२ राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिपतिबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ। इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २२ देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी […]

पूरा पढ्नुहोस्

बडादशैं जुत्ताचप्पल मेलामा लक्की ड्र मार्फत बिजेता घोषणा

चितवन, असोज २२ भरतपुरमा जारी बडादशैं तेस्रो जुत्ताचप्पल मेलामा भरतपुर महानगरपालिका ११ भोजाडकी सरिताले बिकले २५ किलोको खसी उपहार प्राप्त गरेकी छन् । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा यही असोज १ गतेदेखि सन्चालन भईरहेको जुत्ताचप्पल व्यापार मेलामा लक्की ड्र मार्फत बिकले खसी उपहार पाएकी हुन् । फुटवेयर एसोसिएशन नेपाल र चितवन उधोग संघको […]

पूरा पढ्नुहोस्

यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर

काठमाडौँ, असोज २१ फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ । ट्रेलरमा विराज भट्टसहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया […]

पूरा पढ्नुहोस्

आज दशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ, असोज २१ बडा दशैंको पाँचौं दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाउँदै छ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २१ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा […]

पूरा पढ्नुहोस्