समाचार
४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत
काठमाडौँ, भाद्र २२ निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् । यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ […]
पूरा पढ्नुहोस्
भारतीय कुस्ती खेलाडी विनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने
काठमाडौँ, भाद्र २२ भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन् । शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकट समेत दिएको छ । पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो । विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार […]
पूरा पढ्नुहोस्
रोड्रीगोको गोलमा ब्राजिल विजयी
काठमाडौँ, भाद्र २२ दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए । यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर अस्पतालमा सामाजिक सेवा एकाइ देशकै उत्कृष्ट
चितवन, भाद्र २२ चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन् । पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ । अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख रामहरी ढकालले आर्थिक वर्ष २०८०/८१ मा एकाइमार्फत ११ हजार चार […]
पूरा पढ्नुहोस्
तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस्- प्रधानमन्त्री ओली
काठमाडौँ, भाद्र २२ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् । सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् । “अहिले तोड्नपर्ने ठेक्का तोड्न […]
पूरा पढ्नुहोस्
आयुर्वेद सुधारबारे स्वास्थ्य मन्त्री पौडेलको कर्मचारीसँग छलफल
काठमाडौँ, भाद्र २२ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भन्नुभएको छ । मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरुसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनासाथ आउन आग्रह गर्नुभयो । ‘सेवा […]
पूरा पढ्नुहोस्
पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार
काठमाडौँ, भाद्र २२ अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा […]
पूरा पढ्नुहोस्
संस्कृति हाम्रो समाजको प्राण हो- मन्त्री पाण्डे
काठमाडौँ, भाद्र २२ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र २२ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा […]
पूरा पढ्नुहोस्
चल्न थाल्यो टिकटक
काठमाडौँ, भाद्र २१ सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो […]
पूरा पढ्नुहोस्




