समाचार
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
काठमाडौँ, भाद्र २४ सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी रहेका छन् […]
पूरा पढ्नुहोस्
एलाईभ हस्पिटलद्वारा नेपालमै दोस्रो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गर्न सफल
चितवन, भाद्र २४ चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा राजधानी बाहिर पहिलो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको आज हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । हस्पिटलले ४८ वर्षदेखि कुहिनाको समस्या […]
पूरा पढ्नुहोस्
चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति
काठमाडौँ, भाद्र २४ प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ । आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो । जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र २४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि, ट्रफी सार्वजनिक
चितवन, भाद्र २३ गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आईतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे औपचारिक जानकारी दिएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल उत्कृष्ट क्लब […]
पूरा पढ्नुहोस्
काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने
चितवन, भाद्र २३ नेपाली काँग्रेस चितवनले पार्टीमा बिशेष योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । १११ औं बिपी जयन्तीका अबसरमा पार्टीमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्ब सभापति एबं गण्डकी प्रदेशका पूर्ब […]
पूरा पढ्नुहोस्
जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
काठमाडौँ, भाद्र २३ प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ […]
पूरा पढ्नुहोस्
अर्थ समितिको बैठक बस्दै
काठमाडौँ, भाद्र २३ प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ । अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र २३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी, […]
पूरा पढ्नुहोस्
फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ- प्रधानमन्त्री ओली
काठमाडौँ, भाद्र २२ प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र […]
पूरा पढ्नुहोस्




