Tuesday, November 3

समाचार

जर्मनीको युरोकप खेल्ने टिमको घोषणा

काठमाडौं, जेठ २६ जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् । जर्मनीको युरोकप खेल्ने टिम: गोलकिपर: ओलिभर बाउम्यान, म्यानुअल नेउर, मार्क-आन्द्रे टेर स्टेगेन । […]

पूरा पढ्नुहोस्

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

काठमाडौं, जेठ २६ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते सोमबार विश्वासको मत  लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा सोमबार विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराउनुभएको हो । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी […]

पूरा पढ्नुहोस्

चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल

काठमाडौं, जेठ २६ चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गराइएको थियो । यस पटकको परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप बाँच्न सक्छ कि सक्दैन भनेर हेर्नु थियो । […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकपमा क्यानडाको पहिलो जित

काठमाडौं, जेठ २६ क्यानडाले जारी आसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो । क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो । […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, जेठ २६ हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकपमा आज चार खेल हुदै

काठमाडौं, जेठ २६ जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुदै छन् । आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुदै छ । जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक […]

पूरा पढ्नुहोस्

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त

काठमाडौं, जेठ २६ नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त  हुनुभएकाे छ । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति […]

पूरा पढ्नुहोस्

भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै हो : अध्यक्ष ओली

चितवन, जेठ २६ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोर्याउनुभएको  छ । एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आउनुभएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याउनुभएको हो । उहाँले भन्नुभयो  – ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले […]

पूरा पढ्नुहोस्

एनडीएको नेता चुनिए मोदी

काठमाडौँ, जेठ २५ प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका […]

पूरा पढ्नुहोस्

सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौँ, जेठ २५ नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ । यस अघि विहिबार […]

पूरा पढ्नुहोस्