समाचार
किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री कंगनालाई थप्पड !
काठमाडौँ, जेठ २५ बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् । कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन् । कंगनालाई गर्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको […]
पूरा पढ्नुहोस्
कोशी सरकारको नीति तथा कार्यक्रम पारित
विराटनगर, जेठ २४ कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गर्नुभएको हो। आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यम पेश गर्नुभएको थियो । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा
काठमाडौँ, जेठ २४ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गर्नुभएको छ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी […]
पूरा पढ्नुहोस्
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, जेठ २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गर्नुभएको छ । नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाउनुभएको हो। मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । भारतीय […]
पूरा पढ्नुहोस्
नेप्सेमा सामान्य गिरावट
काठमाडौँ, जेठ २४ आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनिको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएका छन् […]
पूरा पढ्नुहोस्
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौँ, जेठ २४ नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ । यस अघि बुधबार सुन प्रतितोला […]
पूरा पढ्नुहोस्
कसमस इभेन्टले ‘फेसन फर्वाड’ सिजन २ गर्दै
भरतपुर, जेठ २४ चितवनमा ‘फेसन फर्वाड चितवन’ सिजन २ हुने भएको छ । कसमस इभेन्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिईएको छ । इभेन्टको अडिसन जेठ २४ गते सिजी लेयाण्डमार्कमा रहेको हारमोनी हाइट्स एण्ड बारमा हुनेछ । सहभागी मोडलहरुको लागि जेठ २५ गतेबाट कोरियोग्राफर […]
पूरा पढ्नुहोस्
चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ
काठमाडौँ, जेठ २४ चीनले गत महिना मे ३ तारिखमा चाङइ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ । यो जानकारी चिनियाँ अन्तरिक्ष मिसनले दिएको हो । चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल र […]
पूरा पढ्नुहोस्
नेपालले आज विश्वकप छनौटअन्तर्गत युएईविरुद्ध खेल्दै
काठमाडौँ, जेठ २४ फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकपमा भारतको विजयी शुरुवात
काठमाडौँ, जेठ २४ जारी आइसीसी टी-२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो । समुह ए अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए […]
पूरा पढ्नुहोस्




