Thursday, October 29

समाचार

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको समिक्षा आज सार्वजनिक, सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको दाबी

चितवन, चैत १६ भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो । महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको र्‍यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौँ, चैत १६ संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ। यस्तै उहाँले राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामासम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराउनुहुने छ। बैठकमा संघीयता सबलीकरण तथा […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, चैत १६ बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भागमा बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका केही स्थानमा मेघगर्जन […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचकमा आज सामान्य अङ्कको वृद्धि

काठमाडौँ, चैत १५ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । आज बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा रहेको छ । […]

पूरा पढ्नुहोस्

एसइई परीक्षा आजदेखि, विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने

काठमाडौँ, चैत १५ यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने […]

पूरा पढ्नुहोस्

आज यी तीन प्रदेशमा हल्का वर्षा : मौसम पूर्वानुमान

काठमाडौँ, चैत १५ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, चैत १४ संघीय संसद्‌ अन्तरर्गत दुई समितिको बैठक बस्दैछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद्‌ सचिवालयको समितिका कक्षमा बस्नेछन् ।

पूरा पढ्नुहोस्

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, चैत १४ पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका केही स्थानमा बुधबार पनि वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, […]

पूरा पढ्नुहोस्

दोस्रो टी–२० क्रिकेट खेल : नेपाल आयरल्याण्ड ‘ए’सँग आज खेल्दै

काठमाडौँ, चैत १३ नेपाल र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

पूरा पढ्नुहोस्

देशका केही स्थानमा बिहानैदेखि वर्षा : मौसम पूर्वानुमान

काठमाडौँ, चैत १३ पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी […]

पूरा पढ्नुहोस्