Saturday, October 24

समाचार

भूकम्प प्रभावितलाई नेपाली कांग्रेसद्वारा रु ५० लाख सहयोग

काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ […]

पूरा पढ्नुहोस्

आज आईसीसी विश्वकप क्रिकेटमा दुई खेल हुँदै

काठमाडौँ, कार्तिक १८ भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्।

पूरा पढ्नुहोस्

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी आज पनि खुवाउँदै

काठमाडौँ, कार्तिक १८ सरकारले आज शनिबार पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। यसअघि शुक्रबार पनि बालबालिकालाई औषधी खुवाइएको थियो। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको […]

पूरा पढ्नुहोस्

राहत र उद्धारमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ, कार्तिक १८ राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सभापति देउवाद्वारा आग्रह

काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय […]

पूरा पढ्नुहोस्

भरतपुरमा वर्डप्रेस सम्बन्धि एक हप्ते नि:शुल्क तालिम हुँदै

चितवन, कार्तिक १७ अवसर एकेडेमीले एसडी टेकसँग सहकार्य गरेर १ हप्ता नि:शुल्क आधारभूत वर्डप्रेस तालिम आयोजना गर्ने भएको छ । दशैं – तिहारबीचको खाली समयलाई मध्यनजर गर्दै कम्पनीले चितवनको भरतपुरमा रहेको एसडी टेकको कार्यालयमा भौतिक रूपमा तालिम आयोजना गर्ने भएको हो । जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन मिल्ने उक्त तालिम कार्तिक १९ गतेदेखि कार्तिक […]

पूरा पढ्नुहोस्

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डद्वारा बधाई

काठमाडौं, कार्तिक १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

पूरा पढ्नुहोस्

आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

काठमाडौं, कार्तिक १७  आज सुनको भाउ  दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

दश वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौं, कार्तिक १७ नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो […]

पूरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

काठमाडौं, कार्तिक १७ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको हो। उहाँले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताउनुभयो । उहाँले अब ब्याजदर घट्ने बताउनुभयो । त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो […]

पूरा पढ्नुहोस्