समाचार
आज नेकपा एमालेले चियापान कार्यक्रम गर्दै
काठमाडौं, कार्तिक १५ नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मूख्यालमा दिउँसो १२ बजे हुँदैछ । हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो ।
पूरा पढ्नुहोस्
आज राष्ट्रसंघका महासचिव गुटेरेसले संघीय संसद्मा सम्बोधन गर्ने
काठमाडौं, कार्तिक १४ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउसो ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । बैठक शुरुभएसँगै गुटेरेसले सम्बोधन गर्ने तालिका रहेको छ । संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको पनि अभिलेख राख्ने जनाइएको […]
पूरा पढ्नुहोस्
आज नेपाल र मलेसिया खेल्दै
काठमाडौं, कार्तिक १४ नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।
पूरा पढ्नुहोस्
वर्षा र हिमपातको सम्भावना रहेको : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक १४ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना देखिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति देशभार आंशिक बदली […]
पूरा पढ्नुहोस्
माघ महिनाभित्र एमालेका सबै जिल्ला कमिटीको अधिवेशन गर्ने निर्णय
काठमाडौं, कार्तिक १३ नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।
पूरा पढ्नुहोस्
आज नेपाल प्रहरीले निःशुल्क बस सञ्चालन गर्दै
काठमाडौं, कार्तिक ७ आज नेपाल प्रहरीले विजया दशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८.३० बजेदेखि […]
पूरा पढ्नुहोस्
दसैंको मुख्य दिन आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
काठमाडौं, कार्तिक ७ आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]
पूरा पढ्नुहोस्
नेता झलनाथ खनाल स्वदेश फिर्ता
काठमाडौं, कार्तिक ७ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । गत हप्ता चीन जानुभएका पूर्व प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता : नेपाल ५ विकेटले विजयी
काठमाडौं, कार्तिक ७ काठमाडौंमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
पूरा पढ्नुहोस्
आज राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं, कार्तिक ७ राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ। राष्ट्रपति कार्यालयका अनुसार […]
पूरा पढ्नुहोस्




