Friday, October 23

समाचार

विभिन्न कार्यक्रमको आयोजना गरि तीन दिनसम्म खाद्य दिवस मनाइयो

चितवन, असोज २२  चितवनमा खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । खाद्यका लागि कृषि अभियानको आयोजनामा जिल्लामा तिन दिनसम्म गोष्ठी, नाटक, प्रभातफेरी लगायतका जनचेतना मुलक कार्यक्रम गरि मनाइएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय र रामपुर क्याम्पस खैरेहेनीको सहकार्यमा असोज […]

पूरा पढ्नुहोस्

अथर्व साकाेसकाे भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा सम्पन्न

चितवन, असोज २२ अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुरमा  प्रतिनिधि मुलक साधारणसभा  हिजो (आईतबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ का अध्यक्ष बिध्या काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा विशिष्ठ अतिथि […]

पूरा पढ्नुहोस्

लाईफलाईन एण्ड हेयर ट्रान्सप्लान्टले तीनदिने निशुल्क स्वास्थ्य शिविर गर्दै

चितवन, असोज २२ भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गते सम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो । लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा […]

पूरा पढ्नुहोस्

नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह

काठमाडौँ, असोज २२ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो । इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै […]

पूरा पढ्नुहोस्

यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने

काठमाडौँ, असोज २२ यही असोज २९ गतेदेखि नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडबाडलाई लक्षित गरी  नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, असोज २२ आज सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौँ, असोज २१ संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ […]

पूरा पढ्नुहोस्

मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, असोज २१ आइतबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने : अर्थमन्त्री महत

चितवन, असोज २० अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको  उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गर्नुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा […]

पूरा पढ्नुहोस्

यही असोज २२ बाट दशैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ला

काठमाडौँ, असोज २० दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा […]

पूरा पढ्नुहोस्