Tuesday, October 20

समाचार

पोखरामा कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला हुने

काठमाडौं, भाद्र ८ नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

४७ करोड रुपैयाँ रकम लम्पी स्किन महामारी नियन्त्रणका लागि विनियोजन

काठमाडौं, भाद्र ८ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । […]

पूरा पढ्नुहोस्

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बिहान हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा […]

पूरा पढ्नुहोस्

दीर्घकालीन महत्वको निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, भाद्र ७  सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न भनेको हो । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले […]

पूरा पढ्नुहोस्

गुरुकुल कलेजमा विद्यार्थीको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ कार्यक्रम (तस्बिरहरु सहित )

भरतपुर, भाद्र ७  भरतपुरको गुरुकुल कलेजमा विद्यार्थीको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ कार्यक्रम गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कलेजले सो कार्यक्रम गरेको हो । प्रखर युवा वक्ता प्रसमा पौडेलले दुई दिन लगाएर विद्यार्थीलाई उद्घोषण कला र व्यक्तित्व विकाससम्बन्धी तालिम दिनुभएको हो । जसले युवा सशक्तिकरणका लागि धेरै कार्यक्रमहरू आयोजना गरिसक्नुभएको […]

पूरा पढ्नुहोस्

चितवनका प्रमुख जिल्ला अधिकारी थापालाई उद्योग वाणिज्य संघद्वारा स्वागत

भरतपुर, भाद्र ७  चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा  संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहदै आएको बताउदै आगामी दिनहरूमा पनि सम्बन्ध […]

पूरा पढ्नुहोस्

आज कोशी सरकारविरुद्धको रीटमा सुनुवाई हुने

काठमाडौं, भाद्र ७ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो । उक्त रीटमा बिहीबारदेखि सुनुवाई सुरु हुनेछ ।

पूरा पढ्नुहोस्

आज दिउँसो प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, भाद्र ७ प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।

पूरा पढ्नुहोस्

राष्ट्रिय एकतालाई पर्वहरूले थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, भाद्र ७ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्व, २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले गौरा पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, […]

पूरा पढ्नुहोस्

शनिबारदेखि मौसममा सुधार आउने : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र ७ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी,बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका आनुसार […]

पूरा पढ्नुहोस्