समाचार
भदौ १३ गतेका लागि सर्यो एमाले सचिवालय बैठक
सिराहा, भाद्र ९ नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
नेपाललाई टी-ट्वेन्टी महिला क्रिकेटको उपाधि
काठमाडौं, भाद्र ९ नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन भएको छ । फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन भएको हो । नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा […]
पूरा पढ्नुहोस्
कांग्रेस कसैको इशारामा चल्ने पार्टी होइन: केन्द्रीय सदस्य भट्टराई
चितवन, भाद्र ९ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले नेपाली काङ्ग्रेस कसैको इसारामा नचल्ने बताउनु भएको छ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ चितवनले शनिबार भरतपुरमा गरेको प्रदेश सभा सम्मेलनमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी भएकोले हाम्रो पार्टी कसैको इशारा र ललिपपमा नचल्ने बताउनु भएको हो । […]
पूरा पढ्नुहोस्
रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत
रत्ननगर, भाद्र ९ रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आउर्नुभएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । हिजो शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यवसायिक सुरक्षामा देखिएका समस्या दर्साउदै सामधानको लागि आग्रह गरिएको छ । संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने […]
पूरा पढ्नुहोस्
आज मध्यराति १२ बजेसम्म धरानमा निषेधाज्ञा
काठमाडौं, भाद्र ९ गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु […]
पूरा पढ्नुहोस्
उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै : महिला टी-२० सिरिज
काठमाडौं, भाद्र ९ मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ । नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।
पूरा पढ्नुहोस्
आजको मौसम : कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भाद्र ९ नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
नेपाल मलेसियासँग ६ विकेटले पराजित : महिला टी-२० अन्तरराष्ट्रिय शृंखला
काठमाडौं, भाद्र ८ ४ देश सम्मिलित महिला टी-२० अन्तरराष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ। हारका बाबजुद नेपालले फाइनलमा स्थान बनाउँदा आजको खेलमा विजयी भएको मलेशिया भने फाइनल पुग्न असफल भयो। नेपाल, हङकङ र मलेसिया तीनै टोलीको अंक ४/४ रहे पनि नेट रनरेटका आधारमा अघि रहेको नेपाल शीर्ष र […]
पूरा पढ्नुहोस्
आज नेपाल र मलेसिया भिड्दै: महिला टि–ट्वेन्टी क्रिकेट
काठमाडौं, भाद्र ८ मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ । चार देश सम्मिलित श्रृंखलामा नेपालको यो समुह चरणको तेस्रो तथा अन्तिम खेल हो । मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।
पूरा पढ्नुहोस्
माघमा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन गर्ने
काठमाडौँ, भाद्र ८ नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यही भदौ ५ गते सुरु भएर बिहिवार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची […]
पूरा पढ्नुहोस्




