Sunday, October 18

समाचार

सर्वोच्च अदालत : नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौं, जेठ २१ सर्वोच्च अदालतले नागरिकता ऐन तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाऊ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दिएको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक […]

पूरा पढ्नुहोस्

आज चार खेल हुँदै : ए डिभिजन लिग

काठमाडौं, जेठ २१  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार चार खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे ​नै शुरु हुने […]

पूरा पढ्नुहोस्

आजको मौसम : पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव

काठमाडौं, जेठ २१ आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

‘अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरणको हुनेछ’ : सभापति देउवा

ललितपुर, जेठ २१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ । नेपाली काँग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उहाँले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो । “अब काँग्रेसको नेतृत्व युवाले […]

पूरा पढ्नुहोस्

बजेटमाथि प्रतिनिधिसभामा आजदेखि छलफल हुने

काठमाडौं, जेठ २१ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हो । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको थियो । बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक […]

पूरा पढ्नुहोस्

आफ्नो भारत भ्रमण सफल र परिणामुखि रह्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २०  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताउनु भएको छ । भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दाबी गर्नु भएको हो । प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन पनि […]

पूरा पढ्नुहोस्

लोक दोहोरी प्रतिष्ठान चितवनको स्थापना दिवसको कार्यक्रम सम्पन्न

प्रदिप परियार  भरतपुर, जेठ २०  चितवनको नारायणगढमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । आज (शनिबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको २२ औ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रिय सस्थापक अध्यक्ष अमर बिरही गुरुङ्ग, […]

पूरा पढ्नुहोस्

नेपालमा कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास लागू हुँदै

काठमाडौं, जेठ २० कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी सरकारले नेपालमा नै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने तयारी गरेको छ । ‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङ सम्बन्धी निर्देशिका, २०८०’ को मस्यौदालाई कफी क्षेत्रका विभिन्न सरोकारवाला निकायहरू सँगको चरणवद्ध परामर्श पछि शुक्रवार अन्तिम रूप दिइयो । […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रम पारित : बागमती प्रदेशसभा

मकवानपुर, जेठ २०  बागमती प्रदेशसभाको हिजो बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल गर्दै ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गर्नुभएको थियो । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले छलफलमा उठेका विभिन्न […]

पूरा पढ्नुहोस्

कुनै प्रकारको आर्थिक अनियमितता नगरेको : अध्यक्ष पराजुली

काठमाडौं, जेठ २०  राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ । हिजो शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्वमा […]

पूरा पढ्नुहोस्