Sunday, October 18

समाचार

डेंगी संक्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

काठमाडौं, जेठ १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेंगीको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रमले सर्वसाधारणलाई छुन सकेन : सांसद परियार

काठमाडौं, जेठ १३ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सर्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गर्नु भएको छ। शनिबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद परियारले विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताउनुभयो । उहाँले विकासको बहसलाई नयाँ […]

पूरा पढ्नुहोस्

सिंहदरबारमा शीर्ष नेताहरूबीच छलफल

काठमाडौं, जेठ १३ सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा तीन ठुला दलका शीर्ष नेताहरूको भेटवार्ता सुरु भएको छ । छलफलमा माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे रहनु भएको छ भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं, जेठ १३ प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार पनि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि छलफल हुने र त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ । त्यसपछि नीति तथा कार्यक्रममाथि […]

पूरा पढ्नुहोस्

वीर अस्पतालको सेवा सुधार गर्न मन्त्रीको निर्देशन

काठमाडौँ, जेठ १३ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस गर्ने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ । हिजो वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहज रूपमा […]

पूरा पढ्नुहोस्

आगामी जेठ १६ र १७ गते काठमाडौंमा रोजगार मेला हुने

काठमाडौं, जेठ १३ नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ । महासंघले आगामी जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकुमा रोजगार मेला आयोजना गर्न लागेको हो । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो । मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक […]

पूरा पढ्नुहोस्

कैद माफीको निवेदन गृह मन्त्रालयमा फिर्ता

काठमाडौं, जेठ १२ टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद मिनाहा गर्ने निवेदन राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम माफी दिनका लागि गृहले राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले ‘प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च […]

पूरा पढ्नुहोस्

मीनबहादुर विश्वकर्मा कांग्रेस प्रचार विभागको प्रमुखमा मनोनीत

काठमाडौँ, जेठ १२ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बिश्वकर्माले पार्टीले दिएको जिम्मेवारी ईमान्दारीताका साथ निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको छ ।

पूरा पढ्नुहोस्

महासभामा सहभागी भएर स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता

काठमाडौँ, जेठ १२ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता हुनुभएको छ । स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उहाँ आज बिहान स्वदेश फिर्ता हुनुभएको हो । सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरू दाताहरू तथा सम्बद्ध निकायसँग भेट गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

तथ्याङ्क कार्यालय चितवन : जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो

चितवन, जेठ १२ जनगणना  विसं २०७८ को अनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो । कार्यालयले   आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा विसं २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव छ रहेको थियो […]

पूरा पढ्नुहोस्