Sunday, October 18

समाचार

नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौँ, जेठ १२ नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो । गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना

काठमाडौँ, जेठ १२ देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका केही स्थानमा हवाहुरीको […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रम आज प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

काठमाडौं, जेठ १२ प्रतिनिधिसभाबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको हो । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि धारणा राख्न बाँकी रहेका सांसदहरुले बोल्नेछन् । त्यसपछि […]

पूरा पढ्नुहोस्

संसदीय समिति सभापतिको निर्वाचन हुँदै : कर्णाली प्रदेश सभा

सुर्खेत, जेठ ११ कर्णाली प्रदेश सभा संसदीय समितिका सभापतिको निर्वाचन आगामी आइतबार हुने भएको छ । आज (बिहीबार) बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन यही जेठ १४ गते (आइतबार) गर्न निर्देशन दिनुभएको हो । सभामुख गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभएको […]

पूरा पढ्नुहोस्

पश्चगमन गणतन्त्रको विकल्प हुन सक्दैन :मन्त्री शर्मा

काठमाडौँ, जेठ ११ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताउनुभयो । “अब पछाडि फर्किने कुरा […]

पूरा पढ्नुहोस्

पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव : आजको मौसम

काठमाडौँ, जेठ ११ हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

कारबाही प्रक्रिया अघि नबढाए संसद्‌ चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

काठमाडौँ, जेठ १० राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उहाँले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कर्णालीको विकासका लागि पैसा नभएको […]

पूरा पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी (विज्ञप्ति सहित)

काठमाडौं, जेठ १० नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताउनुभएको हो । “कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले […]

पूरा पढ्नुहोस्

आइतबारसम्मका लागि संघीय संसदको संयुक्त बैठक स्थगित

काठमाडौं, जेठ १० संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ । बुधबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो । समितिका सभापति ध्रुवबहादुर प्रधानले सदन समक्ष […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री कार्कीको गणतन्त्र दिवस मनाउन निर्देशन

विराटनगर, जैठ १० कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ […]

पूरा पढ्नुहोस्