Friday, October 9

राजनीति

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, असोज १२ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले सोमबार प्रहरीलाई हिरासतमा राख्न अनुमति प्रदान गरेको हो । प्रसाईलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं, असोज १२ राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले प्रतिवेदन पेश गरिएको जानकारी दिएका छन् ।

पूरा पढ्नुहोस्

प्रधानमन्त्री शाह आज स्वदेश फर्किदै

काठमाडौँ, असोज १० प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री शाह आज दिउसो काठमाडौँ आइपुग्ने भएका हुन् । प्रधानमन्त्री शाहको आगमनपछि विमानस्थलमा अपराहन्न ३: ४५ बजे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्ने जानकारी दिएको छ । महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए। उनले महासभालाई […]

पूरा पढ्नुहोस्

काँग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १३ भित्र सम्पन्न गर्न सकिने

काठमाडौं, असोज ८ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन जारी छन् । हालसम्म […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाका तीन समितिको बैठक आज बस्दै

काठमाडौँ, असोज ५ आज संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्ने भएको छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । आज बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद व्यवस्थापन, […]

पूरा पढ्नुहोस्

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

काठमाडौँ, असोज ४ कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ । शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया […]

पूरा पढ्नुहोस्

देउवा पक्षले तोक्यो महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति संयोजक

काठमाडौँ, भाद्र २९ नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा समुह) ले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय […]

पूरा पढ्नुहोस्

भारतले नेपालमा पठायो थप राहत सामग्री

काठमाडौँ, भाद्र १९ भारतले बाढी प्रभावित नेपालका लागि थप २१.५ टन राहत सामग्री पठाएको छ। भारतले दुईवटा सी–१३० जे विमानमार्फत फरेन्सिक परीक्षणसम्बन्धी सामग्री तथा औषधिजन्य सामग्रीसहितको राहत सहायता नेपाल पठाएको हो । थप सहायता सामग्रीले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई थप सुदृढ बनाउनुका साथै बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन मद्दत गर्ने भारतले जनाएको छ […]

पूरा पढ्नुहोस्

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, भाद्र १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बिहान १० बजे बस्ने गरि सचिवालय बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौँमा बस्ने बैठकमा पार्टीका भोटेकोशी बाढीपछिको राहत तथा उद्धारको विषय र त्यसपछि उत्पन्न परिस्थितिको विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ, भाद्र १० आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसुची रहेको छ । त्यस्तै, आज प्रधानमन्त्री बालेन्द्र शाहले ‘मुस्लिम […]

पूरा पढ्नुहोस्