राजनीति
यस्ता छन् ओली सरकारले ल्याएको अध्यादेशका मुख्य बिशेषता
काठमाडौं, माघ २ प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकारसम्मेलनमार्फत सो जानकारी दिएका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५ वटा अध्यादेशमा तल उल्लेखित बिशेषता भएको जनाइएको छ । सम्वत् २०८१ पुसमा जारी भएको अध्यादेशमा समावेश भएका मुख्य विषयः आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा […]
पूरा पढ्नुहोस्
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
काठमाडौं, पुष २९ अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ । […]
पूरा पढ्नुहोस्
अर्थसहित पाँच समितिको बैठक बस्दै, स्वास्थ्य मन्त्री पनि जाँदै
काठमाडौं, पुष २९ संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ। […]
पूरा पढ्नुहोस्
अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त
काठमाडौं, पुष, २८ अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ । अमेरिकामा अहिलेसम्म ४५ हजार […]
पूरा पढ्नुहोस्
निर्माण ब्यावसायीकाे २२ अर्ब बढी भुक्तानी, ६ अर्ब बाँकी
काठमाडौं, पुष २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेतावनी दिएका छन । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिदैँ उनले सो चेतावनी दिएका हुन् । ‘भुक्तानी योग्य रकमको भुक्तानी […]
पूरा पढ्नुहोस्
संसदका दुइ समितिको बैठक बस्दैँ
काठमाडौं, पुष २५ संघीय संसद अन्तर्गतका दुइ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ । उता, शिक्षा, स्वास्थ्य […]
पूरा पढ्नुहोस्
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश
काठमाडौं, पुष २४ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ। जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त […]
पूरा पढ्नुहोस्
अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री
काठमाडौं, पुष २४ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई पुरस्कार प्रदान
काठमाडौँ, पुष २३ प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको […]
पूरा पढ्नुहोस्
केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड
काठमाडौ, २३ पुस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन्। बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष […]
पूरा पढ्नुहोस्




