राजनीति
सहकरी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं- प्रधानमन्त्री ओली
काठमाडौं, साउन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् । उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई […]
पूरा पढ्नुहोस्
काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा के के छ ?
काठमाडौं, साउन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन् । १. आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै
काठमाडौं, साउन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् । संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ । २७५ […]
पूरा पढ्नुहोस्
काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
काठमाडौं, साउन ६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन् । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा घिमिरेलाई नियुक्त गरिएको हो । कांग्रेसको सचेतकमा सांसद सुशिला थिङ रहेकी छन् ।
पूरा पढ्नुहोस्
आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
काठमाडौं, साउन ६ आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संबिधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संबिधानको धारा […]
पूरा पढ्नुहोस्
आज ४२औं बिपी स्मृति दिवस मनाइँदै
काठमाडौं, साउन ६ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको […]
पूरा पढ्नुहोस्
अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो- कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ
काठमाडौं, साउन ५ नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसंग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव सहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेतबार्ता गरेको हो । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना […]
पूरा पढ्नुहोस्
परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
काठमाडौं, साउन ५ सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उल्लेख गरेको छ । मन्त्रालयले ढाकास्थित दुताबासको नम्बर जारी […]
पूरा पढ्नुहोस्
तीन प्रतिपक्षी दलको निष्कर्ष: ओलीलाई संबिधान विपरित प्रधानमन्त्री बनाइयो
काठमाडौं, साउन ४ तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरुले संबिधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेका हुन् । […]
पूरा पढ्नुहोस्
न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध
काठमाडौं, साउन ४ अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका छन् । यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो । त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले […]
पूरा पढ्नुहोस्




