Monday, October 12

राजनीति

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन, साउन ४ नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ ।  प्रहरीकाअनुसार २३ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका […]

पूरा पढ्नुहोस्

संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल

काठमाडौं, साउन ४ सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् । साउन […]

पूरा पढ्नुहोस्

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौं, साउन ४ उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन […]

पूरा पढ्नुहोस्

देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौं, साउन ४ प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्। ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे। ‘देश […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

काठमाडौं, साउन ३ नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन् ।

पूरा पढ्नुहोस्

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

काठमाडौं, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ […]

पूरा पढ्नुहोस्

ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु

काठमाडौं, साउन ३ बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं, साउन २ प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।  सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।

पूरा पढ्नुहोस्

प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु- गृहमन्त्री लेखक

काठमाडौं, साउन २ गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजाने बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए । प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको बताउदै उनले भने- ‘केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन […]

पूरा पढ्नुहोस्

फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

काठमाडौं, साउन २ मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो । विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता […]

पूरा पढ्नुहोस्