राजनीति
२२ सदस्यीय मन्त्रिपरिषद्मा दलित र मुस्लिम शून्य, महिला दुई मात्रै
काठमाडौं, असार ३१ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् । एमालेको भागमा प्रधाममन्त्रीबाहेक ८ मन्त्रालयमा परेको छ । कांग्रेसको भागमा १० मन्त्रालय परेका छन् । यी दुवै दलले […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असार ३१ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । राष्ट्रपतिले संबिधानको प्रावधानको विपरित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संबिधानको धारा ७६ को उपधारा […]
पूरा पढ्नुहोस्
काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा
काठमाडौं, असार ३१ नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् । स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय […]
पूरा पढ्नुहोस्
केपी ओली प्रधानमन्त्री नियुक्त
काठमाडौं, असार ३० राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ […]
पूरा पढ्नुहोस्
कांग्रेसले तय गर्यो मन्त्री चयनको मापदण्ड
काठमाडौं, असार २९ नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् । कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार
काठमाडौं, असार २९ राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संबिधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोकेका हुन् ।
पूरा पढ्नुहोस्
ओलीले पेश गरे प्रधानमन्त्रीमा दाबी
काठमाडौं, असार २९ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्। दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख […]
पूरा पढ्नुहोस्
देउवा र ओलीसहितका शिर्ष नेता शीतल निवासमा
काठमाडौँ, असार २८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले […]
पूरा पढ्नुहोस्
संविधान संशोधन गरेर १३ प्रतिशत हिस्सा दलितलाई दिऊँ : प्रधानमन्त्री
काठमाडौँ, असार २८ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधान संशाधेन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान आह्वान गरे। उनले अँध्यारो कोठाको रातिको प्रश्ताव नभई नेकपा (माओवादी केन्द्र) को संसदमा गरिएको […]
पूरा पढ्नुहोस्
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौं- प्रधानमन्त्री
काठमाडौँ, असार २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू […]
पूरा पढ्नुहोस्




