Tuesday, October 13

राजनीति

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

काठमाडौँ, असार २८ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा विश्वासको मत लिदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौँ, असार २७ नेपाली कांग्रेसले प्रधानमन्त्रीले शुक्रबार लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संबिधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेकाले सो प्रस्तावको विपक्षमा मतदान अग्रण ह्वीप जारी गरेका हुन् ।

पूरा पढ्नुहोस्

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल

काठमाडौँ, असार २७ समाजवादी मोर्चाको पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपासहितका दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरको बजेट र नीति तथा कार्यक्रम सर्बसम्मतले पारित

काठमाडौं, असार २६ काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो सुरु भएको नगरसभाको १५औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय […]

पूरा पढ्नुहोस्

सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव

काठमाडौं, असार २५ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, असार २५ राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको बताएकी छन् […]

पूरा पढ्नुहोस्

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधै एक ठाउमा आउछन्- योगेश भट्टराई

काठमाडौं, असार २३  नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउमा आउने गरेको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउमा आएको बताएका हुन् । देश आर्थिक […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

काठमाडौं, असार २३ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् । बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउदै सरकारलाई […]

पूरा पढ्नुहोस्

गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष

काठमाडौं, असार २३  काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै तपाइले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्- ‘काठमाडौँमा […]

पूरा पढ्नुहोस्

एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं, असार २३ नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।

पूरा पढ्नुहोस्