Tuesday, October 13

राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, असार २३ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिनुहुने

काठमाडौं, असार २१  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ । आगामी २८ गते, शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।

पूरा पढ्नुहोस्

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

काठमाडौं, असार २१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।

पूरा पढ्नुहोस्

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं, असार २१ नेकपा एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलले विहिबार एक विज्ञप्ति जारी गर्दै सरकार स्पष्टतः अल्पमतमा परेकोले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै दीर्घकालीन असर […]

पूरा पढ्नुहोस्

सानेपामा ओलीको भव्य स्वागत [तस्बिरसहित]

काठमाडौं, असार १९ नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् । कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा […]

पूरा पढ्नुहोस्

राजनीतिक दलहरूसँग सुझाव माग्ने सहकारी छानबिन समितिको निर्णय

काठमाडौं, असार १९ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँगको छलफलपछि यस्तो निर्णय […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

काठमाडौं, असार १९ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिर्नुभएको छ । ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो […]

पूरा पढ्नुहोस्

काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं, असार १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताउनुभयो ।

पूरा पढ्नुहोस्

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, असार १८ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति, ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने

काठमाडौं, असार १८ नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको छ । ओली-देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको छ । दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र […]

पूरा पढ्नुहोस्