Tuesday, October 13

राजनीति

गोरखा मिडियामा रकम गएका सहकारीको कागजात माग

काठमाडौं, असार १३ सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ । संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिर्नुभयो । समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा […]

पूरा पढ्नुहोस्

झलनाथ र घनश्यामबीच छलफल, अध्यक्ष नेपाललाई मिलेर चुनौती दिने तयारी

काठमाडौं, असार १३ नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उहाँलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने हुनु भएको छ । यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गर्नुभएको छ । खनाल निवास डल्लुमा […]

पूरा पढ्नुहोस्

रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउदै, पार्टी कार्यालयमा चियापान गर्दै

काठमाडौं, असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभएको छ । चियापान कार्यक्रममा सबै राजनीतिक […]

पूरा पढ्नुहोस्

जीबी राईको लोकेशन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने

चितवन, असार ६ चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताउनुभएको छ । विहिबार बिहान चितवन आउनुभएका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताउनुभयो । उहाँले मलेसियाका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं, जेठ २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर हिजो स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री प्रचण्ड उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल […]

पूरा पढ्नुहोस्

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौं, जेठ २८ भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै

काठमाडौं, जेठ २७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ । प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले […]

पूरा पढ्नुहोस्

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

काठमाडौं, जेठ २६ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते सोमबार विश्वासको मत  लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा सोमबार विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराउनुभएको हो । गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी […]

पूरा पढ्नुहोस्

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त

काठमाडौं, जेठ २६ नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त  हुनुभएकाे छ । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति […]

पूरा पढ्नुहोस्

भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै हो : अध्यक्ष ओली

चितवन, जेठ २६ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोर्याउनुभएको  छ । एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आउनुभएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याउनुभएको हो । उहाँले भन्नुभयो  – ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले […]

पूरा पढ्नुहोस्