Friday, October 23

वाग्मती

देशभरको मौसम आज आंशिक बदली रहने

काठमाडौं, पुस ६ देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

चितवन नारायणगढका चोक चोकमा “शिवम् सन्देश”

काठमाडौं, पुस ४    नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको थियो । “शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो । यसैको प्रमोशन तथा प्रचार प्रसारको लागि शिवम्ले हाल नारायणगढ चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देश बारे जानकारी […]

पूरा पढ्नुहोस्

प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज

काठमाडौं, पुस ४ सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय बुधबार आउँदैछ। प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ। गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो। सुनुवाइ सोमबार सकिएको थियो।

पूरा पढ्नुहोस्

देशभरिको तापक्रम घट्ने क्रम रहेको

काठमाडौं, पुस ४ पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। दिउँसो र राति देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भने मौसम सफा रहने छ। आज वर्षा तथा हिमपातको सम्भावना छैन। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

कृषि क्षेत्रमा गर्दै आएको लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल

चितवन, पुस ३ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । दुग्ध उत्पादक सहकारीहरूले स्थानीय […]

पूरा पढ्नुहोस्

आज पनि राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, पुस ३ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । ११ बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनहरुमाथि भएको समूहगत छलफलको निष्कर्ष समेटेर प्रतिवेदन पारित गरिने छ । यस्तै अन्य विभिन्न विषयमा पनि निर्णय गर्ने बुझिएको छ ।

पूरा पढ्नुहोस्

आज र भोलि एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौं, पुस २ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार शुरु हुँदै छ। बैठकपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दुई दिनसम्म चल्नेछ। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिर्नुभयो । बैठकमा आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गर्ने र विभिन्न राजनीतिक […]

पूरा पढ्नुहोस्

तराईका केही स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कोशी, मधेश, […]

पूरा पढ्नुहोस्

आज नेकपा एमालेको संकल्प यात्रा सम्पन्न

काठमाडौं, पुस १ नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ । मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो । यात्राको अन्तिम दिन आज पाँचथरको सदरमुकाम फिदिमदेखि चिवाभन्ज्याङसम्म यात्रा आयोजना गरिएको थियो । चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस १ गतेदेखी पुस ७ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका विरोधीहरुको मनोवल कमजोर रहने देखिन्छ । […]

पूरा पढ्नुहोस्