वाग्मती
आइतबारसम्मका लागि संघीय संसदको संयुक्त बैठक स्थगित
काठमाडौं, जेठ १० संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ । बुधबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो । समितिका सभापति ध्रुवबहादुर प्रधानले सदन समक्ष […]
पूरा पढ्नुहोस्
आज नवनियुक्त मन्त्रीको शपथग्रहण हुने
काठमाडौं, जैठ १० जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ । दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल […]
पूरा पढ्नुहोस्
अपरान्ह संघीय संसदको संयुक्त बैठक आज बस्दै
काठमाडौं, जैठ १० सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ ।
पूरा पढ्नुहोस्
दिउँसो मौसम सामान्य देखि पूर्णतया बदली
काठमाडौं, जैठ १० गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली छ। दिउँसो देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रहनेछ। […]
पूरा पढ्नुहोस्
एकाबिहानै बझाङ केन्द्रविन्दु बनाएर भूकम्प
काठमाडौं, जैठ १० बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो। बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।
पूरा पढ्नुहोस्
कोशी प्रदेशको बजेट अधिवेशन आह्वान
काठमाडौं, जेठ ९ कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उहाँले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । सोमबार प्रदेश मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको […]
पूरा पढ्नुहोस्
प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय
काठमाडौं, जेठ ९ मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमित १३ जना थपिए
काठमाडौं, जेठ ९ थप १३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ५८ रहेको छ । त्यस्तै, मंगलबार १५ जना संक्रमणमुक्त भएका छन् ।
पूरा पढ्नुहोस्
देशका विद्यमान चुनौतिको समाधान नीति तथा कार्यक्रमले गर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, जेठ ९ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिनुहुने
काठमाडौँ, जेठ ९ सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज […]
पूरा पढ्नुहोस्




