वाग्मती
‘ए’ डिभिजन लिगमा दुई खेल आज हुँदै
काठमाडौं, बैशाख ३१ शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछन् । ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुने खेलमा जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ । यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरू हुने खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्डस क्लब एक आपसमा भिडनेछन् ।
पूरा पढ्नुहोस्
नेकपा एमालेद्वारा संघीयताबारे पुनर्विचार गर्न नसकिने स्पष्ट
काठमाडौं, बैशाख ३१ नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने बताएको छ । संघीय संरचना मुलुकले धान्न नसक्ने भन्दै केहि सदस्यहरुले त्यसको विकल्पका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पुनर्विचार हुन नसक्ने स्पष्ट पार्नुभयो । बैठकले शरणार्थी प्रकरण सहित भ्रष्टाचारका सवै […]
पूरा पढ्नुहोस्
खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै
काठमाडौं, बैशाख ३१ नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार खोप दिइँदैछ । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई मन्त्रालयले १३ प्रकारको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख ३१ गतेदेखी जेठ ६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । सोमबार र मङ्गलबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । बुधबार देखि दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप […]
पूरा पढ्नुहोस्
बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय
काठमाडौं, बैशाख ३१ नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ । हिजो शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हाे । सूचना पाएर पनि पार्टीको […]
पूरा पढ्नुहोस्
वैदेशिक रोजगार विभाग : नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति
काठमाडौँ, बैशाख ३० चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति […]
पूरा पढ्नुहोस्
३७ जनामा कोरोना संक्रमण
काठमाडाैं, बैशाख ३० देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४ सय १४ जनाको नमूना परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । शनिबार १४ जना संक्रमित निको भएका […]
पूरा पढ्नुहोस्
उद्यमशिलता सहायता कार्यक्रम चितवनका तीन क्याम्पसले सञ्चालन गर्ने
चितवन, बैशाख ३० जिल्लामा रहेर व्यवस्थापन संकाय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, शाहीद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बिश्वबिद्यालय अनुदान आयोगको एनईएचइपी परियोजना अन्तर्गत उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । बिश्वबिद्यालयले माग गरेको आशयपत्रको मूल्याङ्कंन अनुसार १८ वटा […]
पूरा पढ्नुहोस्
सिसडोल बञ्चरेडाँडाको विवाद समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, बैशाख ३० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीय बासिन्दासँग भएका सम्झौता कार्यान्वयन गर्न निर्देशन दिर्नुभएको छ । हिजो शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपत्यकाको फोहोरप्रभावित नुवाकोट सिसडोल बञ्चरे क्षेत्रको समस्या समाधानका सम्बन्धमा भएको छलफलमा बोल्दै प्रचण्डले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न निर्देशन दिर्नुभएको हो । […]
पूरा पढ्नुहोस्
डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं, बैशाख ३० नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको हिजो शुक्रबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार […]
पूरा पढ्नुहोस्




