Wednesday, October 14

वाग्मती

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, बैशाख १३ प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ । यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको […]

पूरा पढ्नुहोस्

एसिसी प्रिमियर कपमा आज दुई खेल हुँदै

काठमाडौँ, बैशाख १३ एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ, बैशाख १३ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् । परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरूको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले […]

पूरा पढ्नुहोस्

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

काठमाडौं, बैशाख १३ प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादवले निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले २८ हजार ४ सय १५ मत ल्याएर […]

पूरा पढ्नुहोस्

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने

चितवन, बैशाख १२ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो । जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनावी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको […]

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं, बैशाख १२ नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेबाट सुरु हुने छ । सोमबारको बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरूले धारणा राख्नु भएको थियो । कांग्रेसले बजेटको विषयमा छलफल गर्न संसदीय दलको बोलाएको […]

पूरा पढ्नुहोस्

आज पाँच प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं, बैशाख १२ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानमा […]

पूरा पढ्नुहोस्

निर्वाचन खर्च सार्वजनिक गर्न निर्देशन : निर्वाचन आयोग

काठमाडौँ, बैशाख १२ निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ । आयोगले हिजो विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित […]

पूरा पढ्नुहोस्

शीर्ष नेताहरुबीच संसदीय समितिको भागवण्डा मिल्यो

काठमाडौं, बैशाख ११ संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय समितिको भागवण्डा मिलेको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्माबीच संसदीय समितिको भागवण्डा मिलेको हाे । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ […]

पूरा पढ्नुहोस्

लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा

काठमाडौँ, बैशाख ११ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उहाँले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्छ भन्नुभयो । “विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य […]

पूरा पढ्नुहोस्