Thursday, October 15

वाग्मती

बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

काठमाडौँ,असोज ११  असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । यसअघि विहिबार र शुक्रबार चतुर्थी परेकाले दशैँको पाँचौ दिनको पुजा आज गरिदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,असोज ११  मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । आज देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू-भागका […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असोज ११ गते शनिबार

आजको राशिफल बि.सं. २०८२ असोज ११ गते शनिबार ई.सं. २०२५ सेप्टेम्बर २७ नेपाल सम्बत ११४५ कौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रिती योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री खनालसँग बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौँ, असोज १० नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् । शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

पूरा पढ्नुहोस्

असोज मसान्तसम्म सुरक्षा निकायका हतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ, असोज १० गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लागेका हतियार फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै असोज मसान्तसम्म सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले असोज मसान्तपछि कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ […]

पूरा पढ्नुहोस्

सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

काठमाडौँ, असोज ९ सरकारले भाद्र २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेर सहयोग आव्हान गरेको छ । क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रिपरिषदको  असोज ५ गते आइतबार बसेको बैठकले आन्दोलनबाट […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असोज ९ गते बिहिवार

आजको राशिफल बि.सं. २०८२ असोज ०९ गते बिहिवार ई.सं. २०२५ सेप्टेम्बर २५ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

नोटबन्दी गर्ने कुनै सोच छैन- अर्थमन्त्री खनाल

विराटनगर, असोज ८ अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन । त्यस्तै मन्त्री खनालले […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

चितवन, असोज ७ नारायणगढ–मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघ-संस्थाहरु तथा यात्रु महानुभावहरुलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज ६ मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउसो […]

पूरा पढ्नुहोस्