प्रदेश
नेप्सेमा ४४ अङ्कको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार
काठमाडौँ, असोज १४ नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा […]
पूरा पढ्नुहोस्
निगमले इन्धनको मुल्य घटायो
काठमाडौँ, असोज १४ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । […]
पूरा पढ्नुहोस्
काडा अटो एक्स्पो २०८१ को तयारी अन्तिम चरणमा
चितवन, असोज १४ चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । असोज १६ गतेदेखि […]
पूरा पढ्नुहोस्
सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
काठमाडौँ, असोज १४ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ । यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, […]
पूरा पढ्नुहोस्
२९४ जनाको सकुशल हवाई उद्दार
काठमाडौँ, असोज १४ बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको छ । आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्दारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए […]
पूरा पढ्नुहोस्
घर गुमाएका परिवारलाई अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता अनुदान दिइने
काठमाडौँ, असोज १४ सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने […]
पूरा पढ्नुहोस्
काठमाडौं उपत्यकाका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
काठमाडौँ, असोज १४ काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, असोज १४ सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १४ देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।देशको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १४ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ असोज १४ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ३० नेपाल सम्बत ११४४ ञंलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण त्रयोदशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५६ बजे, सूर्यास्त साँझ ०५: ५० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको […]
पूरा पढ्नुहोस्




