प्रदेश
उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
काठमाडौँ, भाद्र २६ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकाले कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका हुन् । उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर […]
पूरा पढ्नुहोस्
संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
काठमाडौँ, भाद्र २६ संवैधानिक परिषदको बैठक बोलाइएको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरि परिषदको बैठक बोलाएका हुन् । बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्ने रहेको छ । परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज […]
पूरा पढ्नुहोस्
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौँ, भाद्र २६ नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार […]
पूरा पढ्नुहोस्
ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
काठमाडौँ, भाद्र २६ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर […]
पूरा पढ्नुहोस्
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
काठमाडौँ, भाद्र २६ सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन् । मंगलबारको संसद बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता […]
पूरा पढ्नुहोस्
ह्यारिस र ट्रम्प पहिलो बहसमा आमने सामने
काठमाडौँ, भाद्र २६ अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् । ट्रम्पले कमला ह्यारिसलाई सोधे, ‘के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको […]
पूरा पढ्नुहोस्
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ, भाद्र २६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दै छ । सत्तारुढ दलको बैठकले […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, भाद्र २६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ भदौ २६ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ भदौ २६ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर ११ नेपाल सम्बत ११४४ ञंलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४६ बजे, सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको […]
पूरा पढ्नुहोस्
भरतपुरमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया
चितवन, भाद्र २५ चितवनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज (मंगलबार) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेश हेटौंडाको आयोजनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा आत्महत्या बढ्नुको कारण र यस्तो अवस्थामा देखिने समस्या, आत्महत्याको व्यवहारमा […]
पूरा पढ्नुहोस्




