Thursday, October 29

प्रदेश

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता

काठमाडौँ, भाद्र २७ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना

काठमाडौँ, भाद्र २७ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मदिनको अवसरमा दोसल्ला ओढाएर बधाई दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको बधाई दिदै शुभकामना दिएका हुन् । दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले लेखेका छन्- आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका […]

पूरा पढ्नुहोस्

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध

काठमाडौँ, भाद्र २७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै […]

पूरा पढ्नुहोस्

कांग्रेस सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न निर्देशन

काठमाडौँ, भाद्र २७ नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न पार्टीको निर्देशन पठाएका हुन् । केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ । तर, सत्तारुढ दलहरुले […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ २७ गते बिहीबार

आजको राशिफल बि.सं.२०८१ भदौ २७ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १२ नेपाल सम्बत ११४४ ञंलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, आयुष्मान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]

पूरा पढ्नुहोस्

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्न राय माग्दै स्वास्थ्यद्वारा कानून मन्त्रालयमा पत्र

काठमाडौँ, भाद्र २६  अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ । प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य […]

पूरा पढ्नुहोस्

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, भाद्र २६  नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने

काठमाडौँ, भाद्र २६  दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो । प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात

काठमाडौँ, भाद्र २६  राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता हिजो गरिएको हो। गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले […]

पूरा पढ्नुहोस्