प्रदेश
सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन- प्रधानमन्त्री ओली
काठमाडौँ, भाद्र २ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् […]
पूरा पढ्नुहोस्
भदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै
भरतपुर, भाद्र १ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले शैक्षिक मेला ‘इन्लाइटन एडु’ आयोजना गर्दै छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आगामी भदौ ५ गते आयोजना गर्न लागिएको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
काठमाडौं, भाद्र १ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । देउवासँगको भेटबारे जानकारी दिँदै ओलीले भनेका छन्, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही […]
पूरा पढ्नुहोस्
क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव
काठमाडौं, भाद्र १ क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा […]
पूरा पढ्नुहोस्
यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायरको आयोजना नेपालले गर्ने
काठमाडौं, भाद्र १ नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ । यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित […]
पूरा पढ्नुहोस्
अत्यधिक गर्मीले विश्वका ५० करोड बालबालिका प्रभावित
काठमाडौँ, भाद्र १ संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् । युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि २०२४ सम्मको ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा माथिको तापक्रमका दिनहरू चरम तातो दिनहरूको संख्यालाई तुलना गरेको छ । प्रतिवेदनले चरम गर्मी दिनहरूको […]
पूरा पढ्नुहोस्
बोस्टन कलेजमा ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न
चितवन, भाद्र १ बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त (इनोभेटिभ फाइनान्स फर सस्टेनएबल इकोनोमी) विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको छ। बित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, शेयर बजार, उद्योग, बाणिज्य र उच्च शैक्षिक संस्थालाई एउटै मन्चमा ल्याएर वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यबस्थापन शिक्षासँग जोड्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना […]
पूरा पढ्नुहोस्
किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको चासो
काठमाडौँ, भाद्र १ प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर […]
पूरा पढ्नुहोस्
डेढ दशकदेखि चितवनमा विशुद्ध इन्जिनियरिङ अध्यापन गराउँदै युनाइटेड टेक्निकल कलेज
चितवन, भाद्र १ इन्जिनियरिङ अध्ययनका लागि के चितवन बाहिर जानुपर्ने बाध्यता छ ? अहिले त्यस्तो वातावरण ठ्याक्कै छैन भन्दा फरक पर्दैन । किनकी एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज (युटेक कलेज) ! पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० […]
पूरा पढ्नुहोस्
गृहमन्त्री लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण
काठमाडौँ, भाद्र १ गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् । शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले […]
पूरा पढ्नुहोस्




