प्रदेश
नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनहरुको मस्यौदामाथि छलफल सुरु
काठमाडौँ, वैशाख २९ नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ । शनिबारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पार्नुभएको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गर्नुभएको हो । त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, […]
पूरा पढ्नुहोस्
प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्छु : मुख्यमन्त्री कार्की
काठमाडौँ, वैशाख २८ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ । कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा हिजो साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
काठमाडौँ, वैशाख २८ कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो । उहाँ झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ बाट
काठमाडौँ, वैशाख २७ बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, वैशाख २७ नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
पूरा पढ्नुहोस्
आज यी ५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, वैशाख २७ नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीका कारण देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा साथै […]
पूरा पढ्नुहोस्
आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै
काठमाडौँ, वैशाख २६ आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध […]
पूरा पढ्नुहोस्
आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख २६ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थान हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही […]
पूरा पढ्नुहोस्
मातातीर्थ मेला आजदेखि, सम्पूर्ण तयारी पूरा
काठमाडौँ, वैशाख २५ प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । उहाँले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक […]
पूरा पढ्नुहोस्
आज यी पाँच प्रदेशमा आंशिकदेखि साधारणतया बदली
काठमाडौँ, वैशाख २५ पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]
पूरा पढ्नुहोस्




