Sunday, October 25

प्रदेश

खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रवार काठमाडौँमा आयोजित नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित ‘‘चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। कार्यक्रममा […]

पूरा पढ्नुहोस्

आज पनि तराईमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २८ तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी प्रदेशलगायत […]

पूरा पढ्नुहोस्

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौं, पुस २७ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउनु नहुने बताउनुभएको हो । अध्यक्ष शर्माले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै […]

पूरा पढ्नुहोस्

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो

काठमाडौं, पुस २७ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं, पुस २६ राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्ने कार्यसूची छ। आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।

पूरा पढ्नुहोस्

तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २६ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने कोशी र […]

पूरा पढ्नुहोस्

राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं, पुस २५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस २७ गते ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, पुस २५ कोशी र गण्डकी प्रदेशको पहाडी भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा […]

पूरा पढ्नुहोस्

आज दाबी विरोध र उजुरी दिन सकिने : राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौं, पुस २४ राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ। हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ। माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ। राष्ट्रियसभामा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ […]

पूरा पढ्नुहोस्

देशका केही भू–भागमा आज हिमपातको सम्भावना

काठमाडौं, पुस २४ देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्