प्रदेश
डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं, बैशाख ३० नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको हिजो शुक्रबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार […]
पूरा पढ्नुहोस्
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री महत
काठमाडौँ, बैशाख ३० अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताउनुभएको छ । हिजो शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता […]
पूरा पढ्नुहोस्
आज एमाले स्थायी कमिटीको बैठक
काठमाडौं, बैशाख ३० नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दैछ। शुक्रबार नै बस्ने तय भएको बैठक शनिबारका लागि सारिएको हो। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ८ बजे बैठक बस्ने जानकारी दिनुभयो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ। केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा […]
पूरा पढ्नुहोस्
आइपीएल : गुजरातमाथि मुम्बईको जित
काठमाडौं, बैशाख ३० इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ । मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा १९१ रन मात्र बनाउन सक्यो । गुजरातका लागि रसिद खानले अविजित ३२ बलमा ७९ रन बनाए । यस्ते डेभिड मिलरले ४१, विजय शंकरले २९, रसिद खानले […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंक : ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
काठमाडौँ, बैशाख २९ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा हर्जना लाग्ने […]
पूरा पढ्नुहोस्
आज ए डिभिजन लिगमा तीन खेल हुँदै
काठमाडौं, बैशाख २९ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा १६ खेलबाट २० अंक जोडेर दशौँ स्थानमा […]
पूरा पढ्नुहोस्
प्रतिवेदनमाथि समूहगत छलफल, स्थायी कमिटी पनि आजै : एमाले बैठक
काठमाडौं, बैशाख २९ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल गरिने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, चार आयोगका प्रतिवेदन र ५ प्रदेशका मिसन ग्रासरुट अभियानको समीक्षासम्बन्धी प्रतिवेदन पेस भएका छन्। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका […]
पूरा पढ्नुहोस्
दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन : कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, बैशाख २९ नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो […]
पूरा पढ्नुहोस्
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
महोत्तरी, बैशाख २८ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो । बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, […]
पूरा पढ्नुहोस्
स्वास्थ्य मन्त्रालय : थपिए ३० जना कोरोना संक्रमित
काठमाडौं, बैशाख २८ पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले १६ सय ३० जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् […]
पूरा पढ्नुहोस्




