Monday, October 12

प्रदेश

मौसम सामान्यतया सफा छ : पूर्वानुमान महाशाखा

काठमाडौं, बैशाख २७ देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। […]

पूरा पढ्नुहोस्

बिहाना जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने

काठमाडौं, बैशाख २७ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालयमा   बिहान ११ बजे बैठक बस्ने छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।  

पूरा पढ्नुहोस्

आज सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं, बैशाख २६ आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले बढेर एक लाख ११ हजार २ रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख […]

पूरा पढ्नुहोस्

आज ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै

काठमाडौं, बैशाख २६ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीसँग खेल्नेछ । च्यासल मैदानमा दिउँसो ३ बजे नै संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी,  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ […]

पूरा पढ्नुहोस्

निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, बैशाख २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुँदै उहाँले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पूरा पढ्नुहोस्

आज पनि संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

काठमाडौं, बैशाख २६ संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटका सिद्धान्त र प्राथमिकतामा […]

पूरा पढ्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरण : श्री एअरलाइन्सको जहाज उडाउन रोक

काठमाडौं, बैशाख २५ नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ । उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिबार समस्या आएको थियो । सोमबार […]

पूरा पढ्नुहोस्

५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख २५ देशभर थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय १६ जनाको पीसीआर र १ हजार २ सय १५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

पूरा पढ्नुहोस्

संघीय संसदका दुवै सदनकाे बैठक आज

काठमाडौं, बैशाख २५ संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे। संसदमा साेमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएकाे छ । साेमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म […]

पूरा पढ्नुहोस्

१६औँ चरणका खेल आजदेखि : ए डिभिजन लिग

काठमाडौं, बैशाख २५ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा १६औँ चरणका खेल शुरु हुँदैछ। सोमबार दुई खेल हुने एन्फाले जनाएको छ। दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुँदैछ । १५औँ चरणका खेल सकिँदा १६ अंकसहित १३ औँ स्थानमा रहेको फ्रेण्ड्स यो खेल जित्दै दशौँ स्थानमा उक्लिन चाहन्छ। १७ […]

पूरा पढ्नुहोस्