Sunday, October 11

प्रदेश

दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत्र २९ प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनुभएको छ । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतीमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिनुभयो […]

पूरा पढ्नुहोस्

पूर्वानुमान महाशाखा : तीन प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं, चैत्र २९ आज बुधबार तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको  छ । महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ […]

पूरा पढ्नुहोस्

मतपत्र छपाइको काम सकियो : निर्वाचन आयोग

काठमाडौं, चैत्र २८ आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा […]

पूरा पढ्नुहोस्

सरकारले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर उठाउन पहल गर्ने

काठमाडौँ, चैत्र २८ सरकारले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने भनी दिनुभएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिई आवश्यक पहल अघि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने […]

पूरा पढ्नुहोस्

फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : सभापति देउवा

काठमाडौं, चैत्र २८ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उहाँले अहिले संयुक्त सरकार भएकाले […]

पूरा पढ्नुहोस्

आजबाट बैशाख २ सम्म पूर्ण रूपमा सञ्चालनको लागि तातोपानी नाका बन्द

काठमाडौँ, चैत्र २८ पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका  बन्द हुने भएको छ । नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै […]

पूरा पढ्नुहोस्

आज पनि सरकारी टोली र मिटरब्याज पीडितबीच वार्ता

काठमाडौँ, चैत्र २८ मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि वार्ता हुन लागेको हो । दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने […]

पूरा पढ्नुहोस्

युवाको उमेर घटाउनेबारे छलफल सुरु : राष्ट्रिय युवा परिषद्

काठमाडौं, चैत्र २८ नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ। सरकारी र सरोकारवाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउनेबारे छलफल सुरु भएको हो। अहिले १६ देखि ४० वर्षकालाई युवा मानिँदै आएकोमा अब १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराउनुभएको हो । ‘संयुक्त राष्ट्रसंघ र […]

पूरा पढ्नुहोस्

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली, चैत्र २७ नेकपा(एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पर्छाइले संयुक्त रूपमा राजीनामा बुझाउनुभएको थियो । आज नेकपा (एमाले)कर्णाली प्रदेशसभा दलका नेता यामलाल […]

पूरा पढ्नुहोस्

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

काठमाडौं, चैत्र २७ नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी […]

पूरा पढ्नुहोस्