Sunday, October 11

प्रदेश

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित

काठमाडौं, चैत्र २७ ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रियसभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गर्नु भएको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री […]

पूरा पढ्नुहोस्

१२४ जना कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत्र २७ पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार २९ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् ।

पूरा पढ्नुहोस्

आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा

दाङ, चैत्र २७ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।” […]

पूरा पढ्नुहोस्

स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, चैत्र २७ हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा […]

पूरा पढ्नुहोस्

आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता

काठमाडौँ, चैत्र २७ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको शिशुको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिन परिपत्र गरेको छ। विभागका महानिर्देशक एवं केन्द्रीय पञ्जिकाधिकारी रुद्रप्रसाद पण्डितले देशभरिका छ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्रमार्फत जन्म दर्ताका सन्दर्भमा उठेका द्विविधा प्रस्ट पार्नुभएको […]

पूरा पढ्नुहोस्

सोमबार मिटरब्याज पीडित र सरकारीबीचको वार्ता पुुनः हुने

काठमाडौं, चैत्र २६ मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको […]

पूरा पढ्नुहोस्

लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय

काठमाडौं, चैत्र २६ अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको छ । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको हो । उहाँले रोजगारीमा आवद्ध भएका […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ चैत्र २६ गतेदेखी २०८० वैशाख २ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट […]

पूरा पढ्नुहोस्

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

काठमाडौं, चैत्र २६ ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार (नेपाल विद्यार्थी संघका बागी उम्मेदवार) विष्ट १६९ मतान्तरले विजयी हुनभएको हो । अन्तिम मत परिणामअनुसार विष्टले ८४१ मत ल्याउनु हुँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाउनुभयो । नेविसंघका इकाइ उपाध्यक्षसमेत […]

पूरा पढ्नुहोस्

देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, चैत्र २६ देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै […]

पूरा पढ्नुहोस्