प्रदेश
भरतपुर अस्पतालले मनायाे ६७ औं बार्षिकाेत्सव
चितवन, चैत्र २५ चितवनको भरतपुर अस्पतालले स्थापनाको ६७ औं बर्ष पार गरेको अबसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज (शनिबार) एक समारोह आयोजना गरी बार्षिकोत्सव मनाएको छ । रक्तदान,बिभिन्न खेलकुद प्रतियोगिता,सरसफाई लगायतका काम गरेको अस्पतालले आज (शनिबार) बिहान पूजापाठ,सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको थियो भने दिउसो समारोह आयोजना गरिएको हो । सो अवसरमा अस्पताललाई […]
पूरा पढ्नुहोस्
कर्मचारीलाई ऋण लिएर तलब खुवाउनु परेकाे छ : उपप्रधानमन्त्री खड्का
काठमाडाैं, चैत्र २५ उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशकाे अर्थतन्त्र खराब रहेकाे बताउनुभएकाे छ । शनिबार सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री खड्काले कर्मचारीहरूलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताउनुभयाे । देशको अर्थतन्त्र ऋणात्मक रहेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘मुलुकको अर्थतन्त्र ऋणात्मक छ, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिएर खुवाएको पेचिलो अवस्था छ ।’ […]
पूरा पढ्नुहोस्
नेपालले आज भियतनामसँग खेल्दै : ओलम्पिक महिला फुटबल
काठमाडौं, चैत्र २५ अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटमा नेपालले आज भियतनामसँग खेल्दैछ । महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा भियतनामसँग खेल्न लागेकाे हाे । नेपाल र भियतनामबीचकाे खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई […]
पूरा पढ्नुहोस्
रामेछाप कलाकार समाजले बैशाख ९ गते काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम गर्ने
काठमाडौं, चैत्र २५ रामेछाप सास्कृतिक कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । हिजो काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिइएको थियो । कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार […]
पूरा पढ्नुहोस्
आज पाटन क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
काठमाडौं, चैत्र २५ पाटन क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते स्थगित भएको निर्वाचन शनिबार हुन लागेको हो । क्याम्पसमा करिब ७६ सय विद्यार्थी रहेक छन् । क्याम्पसमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने जनाइएको छ ।
पूरा पढ्नुहोस्
कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भागमा पानी पर्ने : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, चैत्र २५ हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको […]
पूरा पढ्नुहोस्
आज ९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, चैत्र २४ नेपालमा आज ९९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६३५ नमुनाको परीक्षण गर्दा एकैदिन ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १ हजार ४५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ जनामा र १७७ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा २६ संक्रमित […]
पूरा पढ्नुहोस्
साझा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने : सांसद गगन थापा
काठमाडाैं, चैत्र २४ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं, चैत्र २४ प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले […]
पूरा पढ्नुहोस्
अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान
चितवन, चैत्र २४ भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । हिजो बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल […]
पूरा पढ्नुहोस्




