Saturday, October 10

प्रदेश

फागुन २० गते रन फर ओबेसिटी म्याराथन गर्ने

काठमाडौं ,माघ २० आगामी फागुन २० गते एनआरएस स्पोर्ट्स फाउण्डेशनले  रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ । संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । म्याराथन ५ किलोमिटरको हुने छ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टिसर्ट […]

पूरा पढ्नुहोस्

कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन : नेता कार्की

काठमाडौं ,माघ २० नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गर्नुभएको छ । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकीर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताउनुभयो । […]

पूरा पढ्नुहोस्

आजदेखि साफ यू–२० महिला च्याम्पियनसिप हुँदै

काठमाडौं ,माघ २० आज (शुक्रबार) देखि बंगलादेशमा २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल  सुरु हुँदैछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले […]

पूरा पढ्नुहोस्

आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ,माघ २० आज  पनि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक  बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेछ । यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा समस्या आएको ब्रिफिङ गर्नुभएको थियो । बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजे मात्रै बसेको थियो […]

पूरा पढ्नुहोस्

आज पहाडी भूभागमा  आंशिक बदली

काठमाडौं ,माघ २० आज शुक्रबार देशका पहाडी भूभागमा  आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ। आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदलीको सम्भावना छ। मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। यसका कारण देशभरकै तापक्रम क्रमशः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

काठमाडौं ,माघ १९ तत्काल सरकार नछाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीले  निर्णय गरेकाे छ । पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको चार घण्टा बसेको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय गरेको हो । यस्तै सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय पनि राष्ट्रिय स्वतन्त्र पार्टीले हाे । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ–चितवनको ६३औं स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण

चितवन , माघ १९ उद्योग वाणिज्य संघ–चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६३ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष  चुननारायण श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि […]

पूरा पढ्नुहोस्

रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं ,माघ १९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता समीकरण बद्लिने संभावना नरहेको  बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले […]

पूरा पढ्नुहोस्

निलम्बन फुकुवादेखि ग्रेडिङ्गसम्म :नेपाल क्रिकेट संघ

काठमाडाैं , माघ १९ नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले १३ वटा निर्णय पारित गरेको छ । अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा  हिजो (मंगलबार) बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो । क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक […]

पूरा पढ्नुहोस्

नेपाललाई भारतले साढे ५ अर्ब भारू अनुदान दिने

काठमाडौं, माघ १९ नेपाललाई दिने अनुदान भारतले घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले  हिजो (बुधबार)  आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो। […]

पूरा पढ्नुहोस्