Tuesday, October 20

समाज

आज विजया दशमी : मान्यजनको हातबाट टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमाडौँ, असोज २६ आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २६ कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी […]

पूरा पढ्नुहोस्

चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक, अगामी कार्तिक ३० देखि रिलिजको तयारी

काठमाडौँ, असोज २५ चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । चलचित्रमा […]

पूरा पढ्नुहोस्

दशैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौँ, असोज २५ नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ। तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ। भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग […]

पूरा पढ्नुहोस्

दशैको अष्टमी र नवमी आज एकैदिन मनाइदै

काठमाडौँ, असोज २५ आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार आज दुर्गा देवीको पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २५ कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी […]

पूरा पढ्नुहोस्

आज बडादशैंको सातौं दिन फूलपाती

काठमाडौँ, असोज २४ बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ। दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। […]

पूरा पढ्नुहोस्

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौँ, असोज २३ आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष भने चौथी तिथि वृद्धि भएकाले कात्यायनी देवीको पूजा आराधना […]

पूरा पढ्नुहोस्

काठमाडौँ उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौँ, असोज २३ यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-भागको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागबाट मनसुन बाहिरिएको हो […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २३ कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि […]

पूरा पढ्नुहोस्