Tuesday, October 13

समाज

चितवनको सौराहामा १८औं फूड फेस्टिबल माघ २८ गतेदेखि हुँदै

चितवन, माघ २० चितवनको पर्यटकीय नगरी सौराहामा माघ २८ गते देखि फागुन ३ गते सम्म १८औं सौराहा फूड फेस्टिबल हुने भएको छ ।  रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजना सौराहाको मुख्य बजार नजिक फेस्टिबल हुने भएको हो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट: नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौं, माघ २० आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानमान

काठमाडौं, माघ २० देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

आज पनि यी प्रदेशमा वर्षा र हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, माघ १९ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात

काठमाडौं, माघ १८ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि […]

पूरा पढ्नुहोस्

माघ १८ देखि लायन्स क्लब अफ नारायणगढ नारायणीले रजत महोत्सव मनाउने

चितवन, माघ १७ चितवनमा लायन्स क्लब अफ नारायणगढ नारायणीले माघ १८ देखि २८ गतेसम्म रजत महोत्सव मनाउने भएको छ । कुनै तामझामका कार्यक्रम नगरी सघन रुपले सेवामा खटिई सप्ताहव्यापी कार्यक्रम रजत महोत्सवमनाउन लागिएको क्लबले जनाएको छ । लायन्स क्लब अफनारायणढ नारायणीकी अञ्जु पियाले रजत महोत्सवमा सप्ताहब्यापी कार्यक्रमहरु गरी मनाइने बताउनुभएको छ । उहाँका अनुसार १८ […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, माघ १७ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी […]

पूरा पढ्नुहोस्

अपाङ्गता बालबालिकाको लालनपोषण र शिक्षामा महानगरले बिशेष जोड दिएको : उपप्रमुख अधिकारी

चितवन, माघ १६ भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकारले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिएको बताउनु भएको छ । शारिरिक रुपले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि शैक्षिक तथा आर्थिक वृत्ति विकासमा स्थानीय सरकारले विशेष प्रथामिकताका साथ कामहरु गर्दै आइरहेको समेत […]

पूरा पढ्नुहोस्

सरकारी कार्यालय आजदेखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं, माघ १६ आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रबारका दिन बिहान १० देखि […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, माघ १६ पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा […]

पूरा पढ्नुहोस्