खेलकुद
भारतले न्यूजील्याण्डलाई दियो २५० रनको लक्ष्य
काठमाडौ, फागुन १८ भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको हो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, […]
पूरा पढ्नुहोस्
सशस्त्र प्रहरीको ‘ बाहिनी पत्ती’ कपमा सुर्खेत पहिलो
काठमाडौं, फागुन १७ सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘ बाहिनी पत्ती’ कप २०८१ को अवसरमा खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए । चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ […]
पूरा पढ्नुहोस्
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
काठमाडौ, फागुन १६ काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् । त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित […]
पूरा पढ्नुहोस्
एपीएफलाई टाई ब्रेकरमा हराउदै संकटा केपी ओली कपको सेमिफाइनलमा
काठमाडौं, फागुन १३ संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले संकटा विजयी भएको थियो । अब सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मीक्लबसँग खेल्ने छ । […]
पूरा पढ्नुहोस्
केपी ओली कपमा आज दुई खेल हुदै
काठमाडौं, फागुन १२ जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ । त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ । यो खेल अपराहन्न ३ बजेदेखि […]
पूरा पढ्नुहोस्
क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज
काठमाडौं, फागुन ११ जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए । पछिल्ला बर्षहरुमा […]
पूरा पढ्नुहोस्
केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
काठमाडौं, फागुन ११ सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् । यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स […]
पूरा पढ्नुहोस्
प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम
काठमाडौं, फागुन १० यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई तीन लाखसहित ट्रफी र पदक प्रदान गरेका थिए । कूल तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ […]
पूरा पढ्नुहोस्
आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदैँ
काठमाडौं, फागुन ५ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ । आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले […]
पूरा पढ्नुहोस्
क्यानको प्रशिक्षकमा आवेदन माग
काठमाडौं, फागुन ४ रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ। मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव […]
पूरा पढ्नुहोस्




