Author: Sarbatra Khabar
सरकारको नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने
काठमाडौँ, जेठ २ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको हो । गृहमन्त्री लामिछानेले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत […]
पूरा पढ्नुहोस्
आजको मौसम : एकदुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, जेठ २ स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
नीति तथा कार्यक्रम : एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने
काठमाडौँ, जेठ १ सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने नीति लिएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी गराउर्नुभयो । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गर्ने जनाइएको छ । […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौँ, जेठ १ सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत […]
पूरा पढ्नुहोस्
काँग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, जेठ १ नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक स्थगित गरि आज बिहान ८ बजेका लागि सारिएको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्ने काँग्रेसको मागलाई सत्तारुढ पक्षले असम्भव भनेकाले काँग्रेसले आजको बैठकबाट थप रणनीति बनाउने प्रयासमा छ ।
पूरा पढ्नुहोस्
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, जेठ १ हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी […]
पूरा पढ्नुहोस्
सरकारलाई संसदीय समितिको निर्देशन- दुर्गमका सबै पालिकामा नुन सुलभ रूपमा उपलब्ध गराउनू
काठमाडौँ, वैशाख ३१ संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरुमा सुलभरुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। सोमवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरुमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो। समितिले साल्ट ट्रेडिङ कर्पोरेशनबाट आपूर्ति हुने […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौँ, वैशाख ३१ नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । आज स्थगित भएको संसदीय दल कार्यसमितिको बैठक जेठ १ गते बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ । बैठक सिंहदरबारस्थित संसदीय […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, वैशाख ३१ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ। कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिर्नुभयो । बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको […]
पूरा पढ्नुहोस्
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात
काठमाडौँ, वैशाख ३१ हाल नेपालमा स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेश, लुम्बिनी र कर्णालीका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग […]
पूरा पढ्नुहोस्




