Monday, October 19

Author: Sarbatra Khabar

आगामी बिहिवार कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बस्ने

काठमाडौं, असोज २ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दैछ । विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक डाक्नुभएको हो । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाउनु भएको […]

पूरा पढ्नुहोस्

भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै : आज गणेश चतुर्थी पर्व

काठमाडौँ, असोज २ अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश […]

पूरा पढ्नुहोस्

आज यी चार प्रदेशमा वर्षा : मौसम पूर्वानुमान

काठमाडौँ, असोज २ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसोदेशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती […]

पूरा पढ्नुहोस्

यहि असोज ३ गतेदेखि चितवनमा दशैलाई लक्षित गरेर ‘पर्व विशेष’ मेला २०८० हुने

चितवन, असोज १ चितवनमा पर्व विशेष मेला हुने भएको छ । दसैँलगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला हुन लागेको हो । चितवन उद्योग संघको आयोजनामा हुन लागेको मेला चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने संघले  गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलाअन्तर्गत नेपाली जुत्ता […]

पूरा पढ्नुहोस्

प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर : मेयर दाहाल

चितवन, असोज १ भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ । विद्यालयको भौतिकस्तर वृद्धि हामीले कुनै पनि कसर बाँकी नराखि काम भएको छ, उहाँले भन्नुभयो शिक्षाको क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका निम्ति भरतपुरले विशेष प्रथामिकता दिएको छ । श्री माध्यामिक विद्यालय गोरीगञ्ज […]

पूरा पढ्नुहोस्

भारतलाई एसिया कप क्रिकेटको उपाधि

काठमाडौं, असोज १ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । भारतले पछिल्लो पटक […]

पूरा पढ्नुहोस्

सरकारको लक्ष्य आर्थिक गतिविधि बढाउने छ : अर्थमन्त्री मन्त्री महत

काठमाडौं, असोज १ अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनुभयो । मन्त्री महतले वैदेशिक मुद्राको सञ्चिति राम्रो […]

पूरा पढ्नुहोस्

हरितालिका तीज आज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौं, असोज १ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ । अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा […]

पूरा पढ्नुहोस्

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं, असोज १ प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको […]

पूरा पढ्नुहोस्

पहिलो दिन आज दर खाएर मनाइँदै : हरितालिका तीज

काठमाडौं, भाद्र ३१ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ । तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार […]

पूरा पढ्नुहोस्