Friday, October 16

Author: Sarbatra Khabar

आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै : नेपाल राष्ट्र बैंक

काठमाडौं, भाद्र १० नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० भाद्र १० गतेदेखी भाद्र १६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता उत्तम रहेको छ ।  सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ […]

पूरा पढ्नुहोस्

आज दिउँसो राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, भाद्र १० आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ। यस्तै विधायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने संघीय संसद सचिवालयले सार्वजनिक […]

पूरा पढ्नुहोस्

चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र १० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आइतबार बिहान कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै […]

पूरा पढ्नुहोस्

भदौ १३ गतेका लागि सर्‍यो एमाले सचिवालय बैठक

सिराहा, भाद्र ९ नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

नेपाललाई टी-ट्वेन्टी महिला क्रिकेटको उपाधि

काठमाडौं, भाद्र ९ नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन भएको छ । फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन भएको हो । नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा […]

पूरा पढ्नुहोस्

कांग्रेस कसैको इशारामा चल्ने पार्टी होइन: केन्द्रीय सदस्य भट्टराई

चितवन, भाद्र ९ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले नेपाली काङ्ग्रेस कसैको इसारामा नचल्ने बताउनु भएको छ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ चितवनले शनिबार भरतपुरमा गरेको प्रदेश सभा सम्मेलनमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी भएकोले हाम्रो पार्टी कसैको इशारा र ललिपपमा नचल्ने बताउनु भएको हो । […]

पूरा पढ्नुहोस्

रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

रत्ननगर, भाद्र ९ रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आउर्नुभएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । हिजो शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यवसायिक सुरक्षामा देखिएका समस्या दर्साउदै सामधानको लागि आग्रह गरिएको छ । संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने […]

पूरा पढ्नुहोस्

आज मध्यराति १२ बजेसम्म धरानमा निषेधाज्ञा

काठमाडौं, भाद्र ९ गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु […]

पूरा पढ्नुहोस्

उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै : महिला टी-२० सिरिज

काठमाडौं, भाद्र ९ मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ । नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।

पूरा पढ्नुहोस्