Thursday, October 15

Author: Sarbatra Khabar

मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षा

काठमाडौं, साउन ९ कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यीबाहेक देशका केही अन्य स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै […]

पूरा पढ्नुहोस्

मंगलबारदेखि पूर्ण इजलासले निरन्तर सुनुवाइ गर्ने : कोशी प्रदेश सरकार गठन

काठमाडौं, साउन ८ कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा मङ्गलबारदेखि नै सुनुवाइ हुनेछ ।

पूरा पढ्नुहोस्

मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दर घट्यो : नेपाल राष्ट्र बैंक

काठमाडौं, साउन ८ नेपाल राष्ट्र बैंकले हिजो मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो ।हिजो आइतबार बिहानदेखि बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति पारितसँगै वेब साइटमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर […]

पूरा पढ्नुहोस्

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, साउन ८ कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यसबाहेक देशका अन्य भू–भागमा पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित […]

पूरा पढ्नुहोस्

राजनीतिक सन्तुलन कायम गरियोस् : जीवन परियार

काठमाडौं, साउन ८ नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ । हिजो आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनुभयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि […]

पूरा पढ्नुहोस्

अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को वार्षिक कार्यक्रम सम्पन्न

चितवन, साउन ७ भरतपुर १२ मा रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.ले आफनो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार रामवेल सामुदायिक बन उपभोक्ता समूह भरतपुर १२ को परिसरमा बडहर,निम गुलाबजामुन आदि विभिन्न प्रजातिका २०० थान बिरूवाहरू सारेर वृक्षारोपण  कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष भरतप्रसाद दवाडीले गर्नुभएको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० साउन ७ गतेदेखी साउन १३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि […]

पूरा पढ्नुहोस्

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ, साउन ७ राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूरा पढ्नुहोस्

चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, साउन ७ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। आइतबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आएतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली […]

पूरा पढ्नुहोस्

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर, साउन ६ हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले […]

पूरा पढ्नुहोस्