Thursday, October 15

Author: Sarbatra Khabar

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ । बोर्डले विभिन्न संचार माध्यमहरु मार्फत नतिजा हेर्न मिल्ने ब्यवस्था पनि गरिसकेको छ । बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा सार्वजनिक […]

पूरा पढ्नुहोस्

आज बागमती प्रदेश सभामा बजेट पारित हुने

काठमाडौं, असार २१ बागमती प्रदेशसभा बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बाँकी रहेका मन्त्रालयगत बजेट शिर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्नेतयारी गरिएको हो । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रदेशका […]

पूरा पढ्नुहोस्

व्यवस्थापनको उचित विधि अपनाउन जरुरी छ : सांसद पौडेल

काठमाडौं, असार २१ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ । हिजो बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद पौडेलले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो […]

पूरा पढ्नुहोस्

यही असार २७ गतेदेखि कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौँ, असार २१ नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक यही असार २७ गतेदेखि सुरु हुनेछ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सभापति, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । असार २७ गतेदेखि केन्द्रीय समितिको […]

पूरा पढ्नुहोस्

बिहीबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, असार २० नेकपा (एमाले)को अवरोधका कारण ३० मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बिहीबार सम्मका लागि स्थगित भएको छ । एमालेका सांसदको अवरोधपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । पुनः बैठक बस्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

पूरा पढ्नुहोस्

मेलम्ची खानेपानी काठमाडौंमा आपूर्ति बन्द

काठमाडौं, असार २० मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरिएको छ । सरकारले एसियाली विकास बैंक (एडीबी)को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरेको हो । जलवायु परिवर्तन र वर्षा यामका कारण जुनबेला पनि बाढी आउन सक्ने भन्दै एडीबीले वर्षायामभरी मेलम्चीको सुरुङ बन्द गर्न खानेपानी मन्त्री महिन्द्र राय यादवलाई सुझाव […]

पूरा पढ्नुहोस्

आज राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, असार २० राष्ट्रियसभाकाे बैठक र प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रियसभाको बैठक बुधबार दिउँसो २ बजेर ३१ मिनेट जाँदा बस्दैछ । बुधबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बुधबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, […]

पूरा पढ्नुहोस्

गत वर्षको व्यवस्थाअनुसार नै एसइई २०७९ को नतिजा सार्वजनिक गर्ने

काठमाडौं, असार १९ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार […]

पूरा पढ्नुहोस्

देशमा मनसुनी वायुको प्रभाव रहेको : मौसम पूर्वानुमान

काठमाडौं, असार १९ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार बिहान हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान महाशाखा : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असार १८ बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको […]

पूरा पढ्नुहोस्