Author: Sarbatra Khabar
लगातार घट्दै सुनकाे मूल्य
काठमाडौ, असार ८ सुनको भाउ लगातार चार दिन घटेको छ । गत मंगलबार अर्थात् असार ५ गते प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ, असार ८ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ । राष्ट्रपति पौडेल यही असार २ गतेदेखि साे अस्पतालमा उपचाररत हुनुहुन्छ ।
पूरा पढ्नुहोस्
विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ, असार ८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको बताउनुभयो । “विसं २०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिकटन मल आयात […]
पूरा पढ्नुहोस्
तत्काल विद्यालय कर्मचारीहरुको समस्या समाधान गर्न सांसद पौडेल को माग
काठमाडौं, असार ८ सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ । सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौं, असार ८ संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज (शुक्रबार) ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसैगरी आजको बैठकमा बिनियोजन बिधेयक २०८० अन्तर्गत बिभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । […]
पूरा पढ्नुहोस्
शेयर बजार सामान्य वृद्धि
काठमाडौं, असार ७ तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । बिहीबार उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले सकारात्मक रहेर २ हजार ५५ कायम भएर थामियो । अपरान्ह उकालो लागेर २ हजार ७५ सम्म पुगेपनि अन्तिमसम्म वृद्धि टिक्न नसकेको हो । कारोबार भने यसदिन पनि साढें ३ अर्ब हाराहारी रह्यो । […]
पूरा पढ्नुहोस्
नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुल्यो
काठमाडौँ, असार ७ सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आज आदेश दिएपछि नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो । राष्ट्रपति […]
पूरा पढ्नुहोस्
काठमाडौंमा साउन १ देखि प्लास्टिकको प्रयोग निषेध
काठमाडौं, असार ७ काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले बुधबार प्रस्तुन गर्नुभएको कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख छ । प्लास्टिकका फूललगायतका एक […]
पूरा पढ्नुहोस्
नेपाललाई योगले समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली
काठमाडौं, असार ७ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ । हिजो बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन […]
पूरा पढ्नुहोस्
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, असार ७ सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषय तथा बजेटमाथि छलफल हुने नेकपा एस संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
पूरा पढ्नुहोस्




