Author: Sarbatra Khabar
आफ्नो भारत भ्रमण सफल र परिणामुखि रह्यो : प्रधानमन्त्री दाहाल
काठमाडौं, जेठ २० प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताउनु भएको छ । भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दाबी गर्नु भएको हो । प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन पनि […]
पूरा पढ्नुहोस्
लोक दोहोरी प्रतिष्ठान चितवनको स्थापना दिवसको कार्यक्रम सम्पन्न
प्रदिप परियार भरतपुर, जेठ २० चितवनको नारायणगढमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । आज (शनिबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको २२ औ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रिय सस्थापक अध्यक्ष अमर बिरही गुरुङ्ग, […]
पूरा पढ्नुहोस्
नेपालमा कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास लागू हुँदै
काठमाडौं, जेठ २० कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी सरकारले नेपालमा नै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने तयारी गरेको छ । ‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङ सम्बन्धी निर्देशिका, २०८०’ को मस्यौदालाई कफी क्षेत्रका विभिन्न सरोकारवाला निकायहरू सँगको चरणवद्ध परामर्श पछि शुक्रवार अन्तिम रूप दिइयो । […]
पूरा पढ्नुहोस्
नीति तथा कार्यक्रम पारित : बागमती प्रदेशसभा
मकवानपुर, जेठ २० बागमती प्रदेशसभाको हिजो बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल गर्दै ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गर्नुभएको थियो । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले छलफलमा उठेका विभिन्न […]
पूरा पढ्नुहोस्
कुनै प्रकारको आर्थिक अनियमितता नगरेको : अध्यक्ष पराजुली
काठमाडौं, जेठ २० राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ । हिजो शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्वमा […]
पूरा पढ्नुहोस्
चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै
काठमाडौं, जेठ २० प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ । नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत शुक्रबार इन्दौर प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं […]
पूरा पढ्नुहोस्
निःशुल्क विपन्नलाई उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौ, जेठ २० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ । हिजो शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले अस्पताल […]
पूरा पढ्नुहोस्
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्कको प्रयोगलाई स्वेच्छिक : स्वास्थ्य मन्त्रालय
काठमाडौं, जेठ २० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण […]
पूरा पढ्नुहोस्
सर्वोच्चमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता
काठमाडौं, जेठ २० नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । शुक्रबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको हो । बुधबार नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो । प्रारम्भिक सुनुवाइका लागि आइतबार […]
पूरा पढ्नुहोस्
भरतपुरमा एनिमल नेपालद्वारा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम
भरतपुर, जेठ १९ आज (शुक्रबार) भरतपुरमा एनिमल नेपालले पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पशु कल्याणको लागि एनिमल नेपालको सार्थ अभियान अन्त्रगत कुखुरापालन व्यवसायमा देखिएका समस्या, कुखुरा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्याको बारे उक्त अन्तरक्रियामा छलफल भएको हो । चितवनमा विगत चार वर्षदेखि यो संस्थाले काम गर्दै आइरहेको छ। कार्यक्रममा एनिमल […]
पूरा पढ्नुहोस्




