आर्थिक
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं, जेठ १२ नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । […]
पूरा पढ्नुहोस्
सार्बजनिक लेखा समिति र कानुन समितिको बैठक आज बस्दै
काठमाडौँ, जेठ ११ आज प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ । कानुन समितिको बैठक अपराहन्न साढे १२ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक बर्षको प्रगति समिक्षा र आगामी कार्ययोजना बारे छलफल हुने समितिले जानकारी दिएको छ […]
पूरा पढ्नुहोस्
चलचित्र कलाकार संघ चुनावमा उत्तम केसीको शानदार जित
काठमाडौँ, जेठ ४ नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्। शनिबार सम्पन्न २१औँ महाधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। प्रतिस्पर्धी सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उत्तम केसी विजयी बने। कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गरे भने सविन श्रेष्ठले १३२ मत पाए। उपाध्यक्ष पदमा शिवहरी […]
पूरा पढ्नुहोस्
निजामती कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात
काठमाडौँ, बैशाख १७ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई १५ दिनभित्र तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात गरेका छन् । महालेखा नियन्त्रक कार्यालयको तलब प्रविष्टि प्रणालीमार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउने प्रक्रिया प्रयोग गरी उनले १५ दिनभित्र तलब भुक्तानी गर्ने अभ्यासको औपचारिक सुरुवात गरेका हुन् । यो नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउन सहयोग […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं, बैशाख १ नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
पूरा पढ्नुहोस्
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
काठमाडौँ, फागुन २९ नेपाल आयल निगमले आजदेखि एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्न लागेको छ । निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको बताउदै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमै […]
पूरा पढ्नुहोस्
इरान संकटबीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
काठमाडौँ, फागुन २५ मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य आइतबार बजार खुल्नेबित्तिकै तीव्र रूपमा बढेर १०० डलर पार पुगेको हो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक तेलको मूल्य यति उच्च पुगेको छ […]
पूरा पढ्नुहोस्
चितवनमा भोलिदेखि अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ प्रदर्शनी हुँदै
चितवन, माघ २४ चितवनमा भोलिदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो । व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट हुने फाइदा के हो […]
पूरा पढ्नुहोस्
भरतपुरको नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु
चितवन, कार्तिक १९ नारायणी नदी किनारमा हिजो (मंगलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मंसिर २ गतेसम्म चल्ने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो। काठमाडौंबाट भरतपुरका लागि उडानमा ढिला हुँदा मुख्यमन्त्री भौतिक रुपमा उपस्थित हुन नसकेका […]
पूरा पढ्नुहोस्
आजदेखि सोमबारसम्मका लागि लामो दूरीका यातायात बन्द
काठमाडौँ, असोज १८ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबारदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान […]
पूरा पढ्नुहोस्




